मोटरसाइकल र रिक्सा ठोक्किंदा चार घाइते





२ कार्तिक, उर्लाबारी।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी ६ मा शनिबार साँझ मोटरसाइकल र रिक्सा ठोक्किँदा चारजना घाइते भएका छन् ।
घाइते हुनेमा रिक्साका चालक उर्लाबारी ४ का ६३ वर्षिय पदम कुमार दर्जी, रिक्सामा सवार सोही वडाकी ४० वर्षिया जरकी देवी राम र मोटरसाइकलमा सवार झापा दमक १४ बस्ने २३ वर्षिय सुमन लिम्बु तथा झापा धरमपुर २ का १९ वर्षिय सुदेश लिम्बु रहेका छन् । घाइते सबैको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।


साँझ साढे ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको बा ३३ प ६९७१ नम्बरको मोटरसाइकल र विपरित दिशाको रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ






Comments