सुरुङ्गा गोल्ड कपको दोस्रो खेलमा झापा ११ विजयी


२९ असोज, सुरुङ्गा ।
सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप २०७१ को पहिलो चरणको दोस्रो खेलमा आयोजक सुरुङ्गालाई ५-१ को अन्तरले पराजीत गर्दै झापा ११ ले सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

झापा ११ का तर्फबाट जर्सी नम्बर ११ का विशाल राईले खेल शुरु भएलगत्तै पहिलो गोल गर्दै टिमलाई अग्रता दिए । खेलको १६ औं र १७ औं मिनेटमा पुनः झापा ११ का जर्सी नम्बर १७ का खेलाडी बुद्ध चेम्जोङले गोल गरे । खेलको दोस्रो हाफको केही मिनेटमा आयोजक सुरुङ्गाका तर्फबाट जर्सी नम्बर ११ का खेलाडी सुनिल विष्टले १ गोल गरे ।
दोस्रो हाफको १७ औं मिनेटमा झापा ११ का जर्सी नम्बर १९ का खेलाडी अभिषेक मगरले आफ्नो टिमका लागि अर्को एक गोल थपे । त्यसलगत्तै झापा ११ का विशाल राईले पुनः १ गोल लगाएका थिए ।
खेलमा २ गोल गर्ने बुद्ध चेम्जोङलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।





खेलाडीलाई कोरल सुजद्वारा जुत्ता प्रदान

सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कपमा आयोजक सुरुङ्गा फुटबल टिमका खेलाडीहरुलाई कोरल सुज काठमाडौंले निःशुल्क जुत्ता प्रदान गरेको छ । खेलाडीहरुको हौसला वृद्धि गर्ने उद्देश्यले आयोजक टिमका १८ जना खेलाडीहरुलाई स्पोर्ट्स् सुज प्रदान गरिएको कोरल सुज प्रा.लि.का सञ्चालक सुरुङ्गा निवासी पारस खरेलले बताए । सोही कम्पनीकै तर्फबाट प्रत्येक दिन हुने खेलमा पहिलो गोलकर्ता खेलाडीलाई ५ सय रुपैयाँ समेत प्रदान गरिँदै आएको छ । कोरल सुजका तर्फबाट खरेलले स्पोर्ट्स् सुज सुरुङ्गा गोल्ड कपको दोस्रो संस्करणका मुल आयोजक समितिका जनक कार्कीलाई हस्तान्तरण गरेका थिए ।


Comments