कृषि विकासका लागि सञ्चार माध्यमको साथ आवश्यक



११ कार्तिक, दमक।
झापाको दमकमा आज आयोजित एक कार्यक्रमका विषयविज्ञहरुले कृषि क्षेत्रका सकारात्मक कुरालाई सञ्चारमाध्यमले प्राथमिकता दिए व्यवसायिक कृषिको विकासमा टेवा पुग्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ झापा र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा भएको कृषिको विकासमा सञ्चारको भूमिका विषयक कार्यशालाका कार्यपत्र प्रस्तोता विज्ञहरुले यस्तो बताएका हुन् ।


उनीहरुले राजनीतिक गतिविधि मात्र सञ्चार माध्यमले प्राथमिकतामा राख्ने गरेको बताउँदै कृषि प्रधान मुलुक नेपालको व्यावसायिक कृषि विकास गर्ने हो भने सञ्चारमाध्यमले उत्तिकै साथ दिनुपर्ने जनाए ।
कार्यशालामा कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेन्द्रप्रसाद खरेल, पत्रकार महासंघका उपाध्यक्ष तारामणि सापकोटा र कृषि प्राविधिक शालिकराम भट्टराईले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा भएको कार्यशालामा प्रमुख अतिथि महासंघका निवर्तमान पूर्ञ्चल संयोजक मोहन काजी न्यौपाने, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, दमक नगरपालिकाका पूर्व प्रमुख रोम ओलीलगायतले मन्तव्य राखेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि गोपाल गड्तौला, टीकाराम उप्रेती र जयप्रसाद उप्रेतीले टिप्पणी गरेको कार्यशालाको सञ्चालन पत्रकार महासंघ झापाका सचिव एकराज गिरी र स्वागत सहसचिव गोपाल झापालीले गरेका थिए ।


Comments