ट्याक्टरसहित काठ बरामद




१४ कार्तिक, दमक।
गएराति प्रहरीले ठूलो परिमाणको काठसहित ट्याक्टर बरामद गरेको छ ।
झापा र इलामको सीमा क्षेत्रका विभिन्न ठाउँहरूबाट सशस्त्र प्रहरीले चोरी तस्करी हुन लागेको काठसहित ट्याक्टर बरामद गरेको हो ।



दक्षिणी इलामको चुलाचुली र झापाको दमक नगरपालिकाको उत्तरी क्षेत्रबाट सखुवा जातको चिरान काठसहित काठ बोक्न प्रयोग गरिएको एउटा ट्याक्टर समेत बरामद गरेको सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरले जनाएको छ । गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र ऐरको कमाण्डमा गएको प्रहरीको गस्ती टोलीले चुलाचुली-१ स्थित कमल गाउँ नजिकैको कमलखोला र त्यस आसपासमा रहेका स्थानीयको खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा सखुवा जातको गोलिया तथा चिरान गरेको अवस्थामा रहेको ३५ क्यूफिट काठ बरामद गणपति ऐरले जानकारी दिए । त्यसै गएराति नै प्रहरीले झापाको दमकनगरपालिका वडा नम्बर १ फाल्गुनन्द चोक उत्तर बेलडाँगी सडकबाट मे १ त ३२१५ नम्बरको ट्याक्टरसहित सखुवा जातकै चिरान गरिएका १ सय क्युफिट काठ बरामद गरेको छ । प्रहरीले काठ ओसार-पसारमा संलग्न रहेको भन्दै तीन जनालाई समेत पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा झापा दमक-१ का कुमार खवास, दमक १२ का विशाल नेपाली र सोही स्थानका रमेश तामाङ रहेको डिएसपी ऐरले जानकारी दिए ।




Comments