अभिनयमा रमाउँदै संकल्प



३ कार्तिक, इटहरी ।
भनिन्छ, जीवनमा संघर्ष गरे सफलता अवश्य मिल्छ तर धैर्य गर्न सक्नुपर्छ । यसै भनाईलाई सामाजीक ब्यवहारमा उतार्न सफल पूर्वका एक सफल ब्याक्तित्व हुन् पूर्वेली ठिटो सुवास संकल्प ।
९ वर्षको उमेरमै कलाकारीता रोजेका पूर्वेली ठिटो संकल्प यतिवेला म्युजिक भिडियो तथा सानो पर्दामा चल्ने टेलिफिल्महरुको बिभिन्न पात्रहरुमा अभिनय गर्न ब्यस्त भेटिन्छन् ।
बि.सं. २०४९ साल बैशाखमा खोटाङको हलेशीमा जन्मेका पूर्वेली ठिटो संकल्प सानै उमेरदेखि अरुले अभिनय गरेको देखेर घरमा एक्लै भएको मौका छोपी आफुपनि त्यस्तै अभिनयको प्रयास गर्थे । त्यसैको फलस्वरूप उनी हाल सफल अभिनयकर्ताको रुपमा पूर्व क्षेत्रमा चिनिन सफल बनेका छन् ।



पहिला उनले स्टेजमा बिभिन्न क्यारिकेचर र अभिनय गर्दा गलल्ल हाँस्नेहरु यतिबेला उनको अभिनय देखेर तालीले वान्स मोर भन्न पछि पर्दैनन् ।
अभिनयकै क्रममा पूर्वका १० जिल्ला चहारिसकेका संकल्प हालै ठुलो पर्दाको चलचित्र 'सखार' मा पनि अभिनय गरिसकेका छन् । संकल्प पूर्वबाटै बनेका केही नेपाली टेलिसिरियलमा समेत देखिँदै आएका छन्।
जीवनमा कडा संघर्ष गरे सफलता अवश्य मिल्ने उनी बताउँछन् । सातामा ४ पटकसम्म बिभिन्न टेलिभिजन तथा रेडियोहरुले निर्माण गरेको टेलिसिरियलहरुमा बिभिन्न पात्रमा अभिनयका लागि खोजी खोजी बोलाउने गरेको संकल्प आफैं बताउँछन् ।
खोटाङको हलेशीमा जन्मेर सुनसरीको इटहरीलाई कर्मथलो बनाएका संकल्पले आफुले जानेको कला अरुलाई पनि प्राप्त होस् भन्ने उद्देश्यका साथ इटहरीकै मूख्य चोकमा आफ्नै लगानीमा डि थ्री डान्स एण्ड एक्टिभ एकेडेमी नामक एक कला केन्द्र समेत स्थापना गरिसकेका छन् ।
उनले जानेको कलालाई हाल पूर्वका करिब ५० जना युवायुवतीहरुलाई सिकाउन ब्यस्त छन् ।
मिडिया क्षेत्रमा ५ वर्षको अनुभव बटुलिसकेका पूर्वेली ठिटो संकल्पले हालसम्म चंखे, हजुरवा, भिलेनको भूमिका निर्वाह गर्नुका साथै बिभिन्न नेताहरुको क्यारिकेचर गरिसकेका छन् । साथै उनले इटहरीबाट प्रसारित एक टेलिभिजनमा एक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेका छन् ।

प्रस्तुती - तेज वन विश्वासी



Comments