नरेन्द्र बस्नेत, मोरङ।
हजार मूर्तिहरु निर्माण गरी १० बर्षमा राज्यलाई उपहार दिने भनि बि.सं २०६२ सालमा घोषणा गरेका मञ्जुल बराइली मितेरीले करिब ९ बर्षको अबधिमा १ सय ५० वटा मात्र मूर्तिहरु निर्माण गर्न सफल भएका छन् ।
आर्थिक अभाबका कारण भनेको समयमा मूर्तिहरु निर्माण गर्न नसकेपनि ढिलो भएपनि मूर्ति निर्माण गरेर जसरी भएपनि राज्यलाई उपहार दिने उनको धोको भने यथावत नै रहेको छ । 'यो सम्भब छ ?' भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भने, 'हरेक कुरा सम्भब छ तर समय लाग्न सक्छ ।'
मोरङको उर्लाबारीमा बिभिन्न संघसंस्थाको सहयोगमा मञ्जुल संग्राहलय समेत स्थापना गरी मूर्ति निर्माणमा ब्यस्त उनले आफु १२ बर्षको उमेरदेखि नै मूर्तिकला निर्माणमा लागेको बताउँछन् । उनले पछिल्लो समय अर्काको देशमा नामक कथासंग्रह समेत बजारमा ल्याएका छन् । मूर्तिकलाबाट बचेको समय साहित्य सिर्जनामा खर्चने गरेको उनी बताउँछन्।
मोरङको टाँडी गाबिसमा जन्मिएका मञ्जुल बि.सं २०६२ सालदेखि मोरङको उर्लाबारीमा रहेर छिनो र मार्तोलको सहयोगमा ढुंगामा बिभिन्न देवीदेवताका मूर्तिदेखि लिएर बिश्वप्रसिद्ध ब्यक्तिहरुको मूर्ति निर्माणमा ब्यस्त रहेका छन् । उनी आफु १२ बर्षको हुँदा अरनिकोको कलाबाट प्रभावित भएर यस क्षेत्रमा होमिएको बताउँछन् ।
यो पनि हेर्नुहोस्

Comments
Post a Comment