राति ९ बजेपछि देउसी भैलो खेल्न प्रशासनद्वारा निषेध





१ कार्तिक, दमक।
तिहारमा राति ९ बजेदेखि विहान ६ बजेसम्म देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाएको छ ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी सो अवधिबाहेकको समयमा मात्र देउसी भैलो सहितका सास्कृतिक कार्यक्रम गर्न सबैसँग आग्रह गरेको छ ।
प्रशासनले तिहार र छठमा भूइँचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रहसमेत गरेको छ । विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा बिक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम कडा काबारही गर्ने प्रमुख जिल्ला अधिकारी एकमणि नेपालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।


त्यसैगरी तिहारमा जुवा, तास, डाइसलगायतका जुवाजन्य खेलहरू खेल्न खेलाउन समेत पूर्ण रूपपमा प्रतिवन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच यसपटकको भाइटीकाको साइत विहान ११ बजेर ३५ मिनेटमा उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्यो पं. सूर्यप्रसाद ढुङ्गेलका अनुसार साइत पर्खेर टीका लगाउनेकालागि सो समय शुभ र उत्तम रहेको छ ।
आगामी कात्तिक ८ गते शनिबार भाइटीका परेको छ ।




Comments