सांगीतिक कार्यक्रमको तयारी पुरा



३१ असोज, उर्लाबारी।
मोरङको उर्लाबारीमा कार्तिक ३ गते हुने 'दिपावली म्यूजिक २०७१' को तयारी पुरा भएको छ । आयोजक आदर्श युवा क्लवले शुभदिपावलीको अवसर पारेर गर्न लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । स्थानीय नेपाल दर्शनको उमाविको मैदानमा हुने सांगीतिक कार्यक्रममा द एक्स ब्याण्ड, चर्चित गायक डम्बर नेपाली लगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक विश्वास बुढाथोकीले बताए ।
उर्लाबारीमा वर्षेनी आयोजना हुने सांगीतिक कार्यक्रमलाई मर्न नदिनका साथै यस क्षेत्रको गरिमा बढाउन कार्यक्रमको आयोजना गरेको बुढाथोकीको भनाई छ । विशुद्ध सांगीतिक कार्यक्रममा दर्शकहरुलाई निःशुल्क मनोरञ्जन दिने वातावरण बनाएको आयोजकले जनाएको छ ।

स्थानीय युवाहरुको सक्रियतामा गठन भएको आदर्श क्लवले सामाजिक कार्य गर्दै आएको छ । क्लबले सामाजिक अभियानमा हातेमालो गर्न र अग्रजहरुलाई सल्लाह सुझाव दिन पनि आग्रह गरेको छ ।





Comments