पूर्वमा चर्चित बन्दै डिएसपी शर्मा, जुवाडेको पैसा अनाथ आश्रमलाई



तेज बन विश्वासी
४ कार्तिक, सुनसरी ।
इलाका प्रहरी कार्यालय इटहरीको प्रमुख भएर आएको तेश्रो दिनदेखि नै सुधारात्मक कार्य थालनी गरेका डिएसपी विनोद शर्मा पूर्वका लागि सिंघमको उपनामले चिनिन पूगेका छन् ।
इटहरीको फोहोरको रुपमा फैलिएको वेश्यावृत्ति नियन्त्रणदेखि शान्ति सुरक्षा सम्ममा अब्बल भुमिका निर्वाह गर्नुका साथै नेपालमै पहिलोपटक ब्लक पूलिसिङ इटहरीबाटै सञ्चालन गरेका डिएसपी शर्मा यो पटक पूनः चर्चामा आएका छन् ।
रात्री गस्तिको क्रममा हालै इटहरी ७ स्थित साथी पेट्रोल पम्प आसपास जुवाको खालबाट बरामद गरिएको ७७ हजार ८ सय रुपैयाँ इटहरीकू एक अनाथ वालवालिकाहरुको आश्रमलाई प्रदान गरेपछि डिएसपी शर्मा पूनः चर्चामा आएका हुन् ।


जुवा खेल्दाखेल्दै पक्राउ परेका ८ जनाको समुहबाट बरामद गरिएको सो रकम इटहरीस्थित निसहाय वालवालिका सेवा आश्रमकी सञ्चालीका गिता गौतमलाई प्रहरी कार्यालय परिषरभित्र बोलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन ।
सो रकम प्रहरीहरुकै रोहवरमा बितरण गरिएको हो ।
बिगतका दिनहरुमा जुवाको खालबाट बरामद रकम विवरण नखुलाउने प्रहरीहरु हाल खुलेरै जनताका सामु आउन थालेका छन् ।
त्यस्तै प्रहरीले दिपावली जस्तो महत्वपूर्ण चाडलाई मध्यनजर गर्दै सो अवधिभित्र इटहरी र आसपासका क्षेत्रहरुमा डाइस तथा पटका पडकाउन समेत प्रतिवन्ध लगाइएको डिएसपी शर्माले बताएका छन् ।
यता प्रहरीहरु हाल खुलेर जनतासँग मिलेर हातेमालो गर्दै अघी बढ्न थालेपछि स्थानीयहरु पनि खुलेर प्रहरीहरुको गुनगान गर्न थालेका छन् ।


Comments