चालकले नै लुटे यात्री



३१ असोज, उदयपुर।
उदयपुरको सिद्धिपुरमा गएराति एक ल्याण्डरोभरमा सवार दुईयात्रीलाई सोही ल्याण्डरोभरका चालकले लुटपाट गरेका छन् ।
ग १ ज ५७६१ नम्बरको ल्याण्डरोभरका यात्री मदन राई र रमेश बिश्वकर्मालाई सोही ल्याण्डरोभरका चालक जसपाल राईले लुटपाट गरेका हुन् ।
बिहीवार राति करिब साढे नौ बजे छुइलाबाट बेल्टारतर्फ आउनेक्रममा चालकले दुबै यात्रुलाई चक्कु देखाएर ६८ हजार पाँच सय रूपैया र एक तोला सुन लुटेको पिडितहरुले प्रहरीलाई बताएका छन् ।
ल्याण्डरोभरसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । ल्याण्डरोभरबाट एउटा कट्टीसमेत बरामद भएको प्रहरीको भनाई छ ।


Comments