२६ असोज, दमक।
स्टार डिजिटल साउण्ड सिस्टम महारानीझोडाले आगामी कार्तिक ४ गते बृहत सांगीतीक कार्यक्रम गर्ने भएको छ ।
आज स्टार डिजिटलले दमकमा पत्रकार सम्मेलन गरी महारानीझोडा २ स्कुलचौन बजारमा दिपावली तथा छठको अवसरका सांगीतीक कार्यक्रम गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्तरका गायक डम्वर नेपाली लगायतले गायन प्रस्तुती दिने साउण्ड सिस्टमका सञ्चालक तथा कार्यक्रम संयोजक ताराकुमार श्रेष्ठले जानकारी दिए। पत्रकारहरुको जिज्ञासामा स्थानीय कलकारहरुको प्रतिभा प्रस्फुटन गर्न र मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम गर्न लागेको संयोजक श्रेष्ठले बताए।
सांगीतीक कार्यक्रममा सोरठी कला केन्द्र दमकको नृत्य साथै ड्रिम्स ब्याण्डको लाइभ कन्सर्ट लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा महारानीझोडाका संगीतकर्मी रत्न राईलाई मरोपरान्त तथा महारानीकै बासुरीबादक उदय श्रेष्ठलाई पनि सम्मान गरिने भएको छ ।

Comments
Post a Comment