चेक चोरीको आरोपमा ठेकेदार पक्राउ



२८ असोज, बिर्तामोड ।
निर्माणधिन बी एण्ड सी मेडिकल कलेजका पूर्व ठेकेदार दीपक कार्कीलाई अस्पतालको चेक चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
केही समयअघि ठेक्का रद्द गर्दाताका ठेकेदार कार्कीले पाउनुपर्ने तीन करोड ७१ लाखमध्ये अढाई करोड रूपैयाँ पाइसकेर पनि तीन करोड २५ लाख रूपैयाँको चेक दावी गर्दै बैंक गएपछि उनी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतका अनुसार ठेकेदार कार्कीलाई चेक चोरी गरेको अभियोगमा पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
अस्पताल प्रशासनले ठेकेदार कार्कीसँगको सम्झौता रद्द गरी बाँकी रकम भुक्तानी गर्ने सम्झौता भएको भएपनि सही गरिएको चेकमा आफैं रकम भरी भुक्तानी दावी गरेपछि कार्कीविरुद्ध उजुरी गर्नुपरेको जनाएको छ । पक्राउ परेका ठेकेदार कार्की सिद्धबाबा कन्स्ट्रक्सनका सञ्चालक हुन् ।



Comments