उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व





आज बिहान उदाउँदो सूर्ययलाई अर्घ दिएपछि यो बर्षको छठ पर्व समापन भएको छ ।
छठ पर्व मनाउने क्रममा श्रद्धालु भक्तजनहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
दमकको रतुवा खोला किनारमा ब्रतालुहरुले घाट बनाई भगवान सूर्यको उपासना गरेका थिए । घाटमा फलफूल चढाएर हिजो बुधबार साँझ अस्ताउँदो र आज विहान उदाउँदो सूर्यलाई जल चढाएर पूजा गरेका हुन्।
श्रद्धालुहरूले आफन्त, साथीभाइ, छिमेकी र परिवारबीच भेटघाट गरी छठ पर्वको शुभकामना आदान प्रदान गरेका थिए । घाटमा हिजो साँझदेखि नै पूजा गर्ने भक्तजन र दर्शन गर्नेहरुको घुइँचो लागेको थियो ।




खास गरी मधेसी समूदायहरूको मुख्य चाडका रूपमा रहेको छठ पूजामा पहाडे समुदायको पनि बाक्लो उपस्थिति रहने गरेको छ । एक बर्षअघिबाट घाट बनाएर पूजा गर्दै आएकी दमक १४की राधिका गिरीले गरेको काम सफल हुने बिश्वासका कारण छठ पर्व मनाएको बताइन् । यस्तै घाटमा सूर्य भगवानलाई प्रसाद चढाएर मात्र आएकी दमक १० की रेनुका बस्नेतले देवता सबैको भएकाले छठ पुजा गरेको बताइन्। घाटमा दर्शन गर्न आउने जानेलाई पुलको समस्या रहेको बताइएको छ । केही ज्येष्ठ, बालबालिका लगायतका भक्तजन घर फर्किए पनि धेरैजसो राती घाटमै जागराम बसेको दमक उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष बिक्रम शाहले जानकारी दिए ।






१३ कार्तिक, दमक।

Comments