कनकाईमा छठ पर्व मनाउन पूजा उपसमिति





६ कार्तिक, सुरूङ्गा ।
कनकाई छठ पूजा सेवा समितिले छठ पूजा पर्व २०७१ लाई भव्य र सभ्यका साथ सम्पन्न गर्नका लागि किसन कुमार सोनी को संयोजकत्वमा १८ सदस्यीय छठ पूजा उप समिति गठन गरेको छ । कनकाई नगरभित्रका सम्पूर्ण छठ पर्व प्रेमी एवं व्रतालुहरुलाई व्रत बस्ने ठाउँको कनकाई नदीमा प्रबन्ध गर्नका निम्ति छठ पर्व पूजा सेवा समितिका उपाध्यक्ष समेत रहेका सोनीको संयोजकत्वमा उक्त समिति गठन गरिएको मूल समितिका अध्यक्ष चन्दन शाहले जानकारी दिए ।


नवगठित समितिको सदस्यहरुमा पवन शाह, शिवशंकर महासेठ, उपेन्द्र प्रधान, जगतनारायण मण्डल, नवलकिशोर दत्त, रामहृदय सहनी, धनुष पञ्जीयार, विजय शर्मा, राज किशोर चौधरी, किशोरी पण्डित, अमन गुप्ता, किरण कारक, राजु शाह, मुन्ना शाह, वीरेन्द्र शाह, खगेन्द्र महतो र शम्भू शाह रहेका छन् ।
छठ पूजा सम्पन्न गर्नका लागि कनकाई नदी पूर्वको क्षेत्रमा ६५ वटा घाट निर्माण गरिने भएको छ । कात्तिक १२ गते सुरु हुने सो पर्वमा सूरुङ्गा बजार क्षेत्रबाट कनकाई नदीसम्म झाँकी सहितको र्‍याली निकाल्ने अध्यक्ष शाहले बताए । छठपूजा सम्पन्न गर्नका लागि ४ लाख ५० हजार रूपैयाँ बढी खर्च लाग्ने अनुमान गरिएको बताइएको छ ।



Comments