'फूल जस्तै छौ तिमी' को म्यूजिक भिडियो छायाङ्कन



सन्देश सुब्बा इङ्वा, पाँचथर ।
नरेन चाम्लिङको शब्द, भक्त सुनुवारको संगीत र कुशल थुलुङको स्वरले सजिएको 'फूल जस्तै छौ तिमी कतै अस्ताइ जान्छौ कि ...' गीतको म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ ।
भगिराज राई र सुनिता जवेगु राईको प्रस्तुति 'अभ्यास' एल्बममा समावेश उक्त गीतको भिडियोको पाँचथरको विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको हो ।
सागर केरुङको निर्देशन, जगत राना मगरको छायाङ्कन रहेको भिडियोमा मधु केरुङ र मिना रिजालले अभिनय गरेका छन् ।



Comments