२६ असोज, बेलबारी ।
मोरङको बेलवारीमा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
हेर्दा पहाडे मुलकी जस्ती देखिने अन्दाजी ३५ बर्षिया महिला बेलबारी ४ मा मृत फेला परेकी हुन् । मृतकको हालसम्म नामथर वतन खुल्न नसकेकोले सनाखत गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले शवलाई पोष्टमर्टमका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
Comments
Post a Comment