आफ्नै छोरीहरूलाई बलात्कार गर्ने दुई बाबु पक्राउ




३ कार्तिक, दमक।
आफ्नै छोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा र मोरङका दुई जनालाई पक्राउ गरेको छ ।
छोरी बलात्कार गरेको आरोपमा पक्राउ पर्नेहरूमा झापाको हल्दिबारीका ४० वर्षीय सोरेन थरका एक जना र मोरङको सुन्दरदुलारीमा डेरा गरी बस्ने ३७ बर्षीय अर्का बाबु रहेका छन् ।




श्रीमती बैदेशीक रोजगारीका लागि कुवेत गएपछि पटकपटक आफ्नी १० बर्षीया छोरी बलात्कार गर्ने सोरेनलाई जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
सोरेनले गत असोज १४ गते र १६ गते आफ्नै कान्छी छोरीलाई टेलिभिजन हेर्ने क्रममा बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
उता आफ्नै ९ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा मत्सेपोखरी २ घर भई मोरङ सुन्दरदुलारी८ मा डेरा गरी बस्ने एक ३७ वर्षिय बाबुलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा पिडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएपछि बाबुलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
पिडित बालिकालाई स्वास्थ्य उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।


Comments