सन्देश सुब्बा इङ्वा,
२८ असोज, पाँचथर ।
दृष्टिबिहीन विद्यार्थीहरुको लागि विशेष कक्षा सञ्चालन हुँदै आएको जिल्लाकै एक मात्र विद्यालय गढि माविलाई आयरल्याण्ड नागरिकले सहयोग गर्ने भएका छन् । पाँचथर सदरमुकाम फिदिम नगरपालिका-४ गढिमा रहेको उक्त विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आयरल्याण्डका दाजु-बहिनि ग्यारिथ र क्याथी ट्रकिर्टनले सहयोग गर्ने भएका हुन् ।
नेपाल भ्रमणमा आएका ट्रकिर्टन दाजु-बहिनीलाई सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा स्वागत गरिएको थियो । कार्यक्रममा ट्रकिर्टन दाजु-बहिनीले विद्यालयको अवलोकन गर्नुका साथै वस्तुस्थिति बुझी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विद्यालयका प्रधानाध्यापक मानधोज थाम्सुहाङले बताए। जिल्लामा रहेको बृटिस गोर्खा वेल्फेयरमार्फत सहयोग सम्झौताको कार्य यथासिघ्र अघि बढाउने भएको पनि प्रधानाध्यापक थाम्सुहाङले बताए।
उक्त विद्यालयमा हाल पाँचथर तथा पाँचथर बाहिरका गरी २२ जना दृष्टिविहीन विद्यार्थीहरु अध्ययनरत छन् ।
Comments
Post a Comment