आगलागिबाट सात लाखको क्षति




७ कार्तिक, मोरङ ।
पूर्वी मोरङको जाँतेमा आज बिहान एक घरमा भएको आगलागिबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
जाँते २ का नारायण बजगाईंको घरमा विहान ८ बजेतिर विद्युत सर्ट भई भएको आगलागिबाट सात लाख रूपैयाँ बराबरको क्षति भएको हो ।
आगलागिबाट बजगाईंको घरमा भएको नगद तीन लाख रूपैयाँका साथै घर र घरमा सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।




Comments