तेज बन विश्वासी,
२९ असोज, इटहरी ।
सिनेमा हेर्न धरान, बेलवारी, बिराटनगरलगायत पूर्वका बिभिन्न शहरहरुमा जाने इटहरीबासीहरूका लागि अव टाढा धाइरहनु पर्ने झन्झट मेटिएको छ ।
इटहरीको पूर्व बस स्टेन्ड टेंग्रा पूल छेउमा अवस्थित सपिङ्ग कम्प्लेक्सको पाँचौं तलामा सुविधा सम्पन्न आइ सिनेमा दिपावलीको अवसर पारेर सञ्चालनमा आउने भएको हो ।
१ सय ५० सिट भएको सो हलमा दुई पर्दा रहेको र उक्त हल टु के प्रोजेक्टरबाट सञ्चालन हुने म्यानेजर शंकर मेहताले बताए । मेहताका अनुसार सो हलमा नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरू प्रदर्शन हुनेछ ।
पूर्वको मुटु इटहरीमा कुनै पनि सिनेमा हल नहुँदा स्थानीयहरु धेरै रकम खर्चिएर धरान, बेलवारी, बिराटगरलगायत अन्य शहरहरुमा जान बाध्य छन् ।

Comments
Post a Comment