भत्ता बढाउन प्रधानमन्त्रीसँग जेष्ठ नागरिकको माग




३० असोज, विर्तामोड ।
जेष्ठ नागरिक जिल्ला संघ झापाले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा वृद्धभत्ता प्रदान गर्नुपर्ने लगायतका २२ बुँदे मागसहितका ज्ञापनपत्र प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् ।
सरकारले जेष्ठ नागरिकलाई स-सम्मानपूर्ण व्यवहार गर्न नसकेको आवज बुलन्द गर्दै आएको संघका अध्यक्ष यदु विमलीसहतिको टोलीले बुधबार थारु कल्याणकारिणी सभाको कार्यक्रममा झापा आएका प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।
संघले जेष्ठ नागरिकमध्ये ६० वर्ष नाघेकालाई मासिक ५ सय रूपैयाँ सरकारले भत्ता उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई मासिक १५ सय, ८० वर्ष नाघेकालाई २ हजार, ९० वर्ष नाघेकालाई ३ हजार ५ सय र सय वर्ष पुगेका वृद्ध-वृद्धालाई मासिक ५ हजार रूपैयाँ वितरण गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।


Comments