मृगौला पिडितलाई साउदीका नेपालीको सहयोग



प्रकाश उप्रेती,
२९ असोज, विर्तामोड ।
मृगौला पीडित झापा दुहागढी-६ का राजन मैनालीको उपचारका लागि साउदी अरवमा कार्यरत नेपालीले सहयोग गरेका छन् ।
साउदी अरवका रहेका प्रविण भट्टराईको नेतृत्वले संकलन गरेको ५५ हजार ८ सय रुपैयाँ पीडितको उपचारका लागि आर्थिक संकलनमा रहेको राजन बचाउ अभियान समितिलाई हस्तान्तरण गरेको हो ।
प्रवासमा संकलन गरिएको उक्त रकम प्रविणका बुबा झापा दुहागढी-९ का माधव भट्टराईले अभियानका संयोजक बालकृष्ण रिजाललाई हस्तान्तरण गरेका छन् ।
राजनको जीवन बचाउन आफ्नो पहलमा गरिएको करिव एक महिनाबढी गरिएको आर्थिक संकलन हस्तान्तरण गरिएको फेसबुकमार्फत प्रविण भट्टराईले बताएका छन् ।

४३ वर्षीय मौनालीको मृगौला प्रत्यारोपणका लागि १५ लाख रुपैयाँ आवश्यक पर्ने टिचिङ अस्पतालले बताएपछि गठित समिति गत साउन महिनादेखि आर्थिक संकलनमा जुटेका हो । उसको उपचार सहयोगका लागि चारआलीको ग्लोवल आइएमई बैकमा राजनका बुबा र समितिका पदाधिकारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने गरी आइएमई ७७०७०१०००२४४६ नम्बरको चल्ती खाता खोलिएको छ ।



Comments