हरियो सालको रूख काट्ने तस्कर पक्राउ



६ कार्तिक, दमक।
चाडपर्वको मौका छोपेर झापाको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा रुख काट्ने एकजना तस्कर पक्राउ परेका छन् । संयुक्त गस्ती टोलीले हरियो साल जातको रूख काट्दै गर्दा झापा धरमपुर- ८ का बिशाल लिम्बुलाई गएराति पक्राउ गरेको हो । रूख काट्ने अरू १२ जना फरार भएका छन् ।
तिहारको मौका छोपेर जंगल पसेका तस्करसँग गस्ती टोलीको मुठभेड समेत भएको थियो । आयोजनाको ५ नम्बर व्लकमा बुधबार साँझ सालका ६ बटा हरियो रुख तस्करले ढालेका थिए । जनपथ प्रहरी, सशस्त्र प्रहरी, रतुवामाई बृक्षारोपण आयोजना, सतासीधाम सामुदायिक बन र नेकपा-माओवादीको संयुक्त गस्ती टोलीले १६ थान गोलीया समेत बरामद गरेको रतुवामाई बृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले बताए ।

गस्ती टोलीले तस्करमा ओसारपसारमा संलग्न १४ थान साईकल समेत बरामद गरेको छ । बरामद गरिएको साईकल र गोलिया आयोजनाले कव्जामा लिएको आयोजना प्रमुख गौतमले बताएका छन् ।
सतासीधामको ९ नम्बरस्थित सो ब्लकमा केहिदिन यता रुखको तस्करी हुने गरेको सुराकीको आधारमा गस्ती परिचालन गरिएको थियो ।





Comments