कोरियनद्वारा ३ विद्यालयलाई ७० वटा कम्प्युटर प्रदान





१३ कार्तिक, दमक।
झापाको कोहवराका ३ वटा सामुदायिक विद्यालयलाई कोरियन नागरिकहरुले लाखौं मूल्यका ७० वटा ल्यापटप र डेस्कटप कम्प्युटर बितरण गरेका छन् ।
कोहवरा- २ स्थित भद्रकाली उच्चमाविमा हिजो एक कार्यक्रमको आयोजना गरी स्थानीय भद्रकाली, जनता प्रावि र जनज्योति माविलाई ती दाताहरुले संयुक्त रुपमा त्यस्ता भौतिक सामाग्रीहरु बितरण गरेका हुन् ।


विद्यालयका विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुर्‍याउन र ग्रामीण क्षेत्रको शैक्षिक स्तर माथि उठाउन कोरियन नागरिकहरुले ती सामग्री उपलब्ध गराएका भद्रकाली उमाविका प्रधानाध्यापक रेवतलाल श्रेष्ठले जानकारी दिए ।
भद्रकालीलाई २५ वटा डेस्कटप र १५ वटा ल्यापटप, जनतालाई ५-५ वटा डेस्कटप र ल्यापटप तथा जनज्योतिलाई १०-१० वटा ल्यापटप र डेस्कटप कम्प्युटर कोरियन जोजोवी नामक संस्थाले दिएको हो।
सो सहयोग गर्नका लागि भद्रकालीका पूर्व विद्यार्थी कृष्णप्रसाद सिटौलाको पहलमा भएको थियो ।



Comments