नक्कली १२ हजार भारुसहित एक पक्राउ




११ कार्तिक, मोरङ।
मोरङको बैजनाथपुरबाट प्रहरीले नक्कली १२ हजार भारुसहित आज विहान एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने बैजनाथपुर ३ का ३३ वर्षिय किसनलाल सरदार हुन् । प्रहरी चौकी घिनाघाटका प्रहरीले बिहान पौने १० बजेतिर चेकजाँचका क्रममा उनकोसाथबाट नक्कली भारु एक हजार रुपैयाँ फेला पारेपछि उनको डेरामा खानतलाशी गर्दा थप एघारवटा एक हजार दरका नक्कली नोटहरु फेला परेको थियो ।
सरदारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comments