फेन्स क्लव दमक गोल्डकपको उपाधि नजिक



२९ असोज, दमक।
फेन्स क्लब भुटान झापाको दमकमा जारी अन्तराष्ट्रिय आमन्त्रण दोश्रो दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा मेची फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै फेन्सले अन्तिम दुईको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ गोलरहित वरावरीमा सकिएको थियो । पहिलो हाफको २० औं मिनेटमा फेन्सका कप्तान यूगल किसोर र्राईले गोलको उत्कृष्ट मौकालाई खेर फालेका थिए । दोश्रो हाफमा भने दुवै टोलीले आक्रमक खेल खेले । दोश्रो हाफको २५ औं मिनेटमा जस बहादुर राईले हेडमार्फत उत्कृष्ट गोल गरेपछि फेन्सको जीत निश्चित भएको थियो । दोश्रो हाफको २८ औं मिनेटमा मेचीका विष्णु सुनुवार दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको अन्तिम दुई मिनेट मेची दश खेलाडीमा सिमित भएको थियो ।
प्रतियोगिताअन्तर्गत विहिवार दोश्रो सेमिफाइनल खेलमा अफ्रिकन यूनाइटेड र सशस्त्र प्रहरी वल झापाबीच प्रतिस्पर्धा हुने आयोजकका सन्दिप चापागाईले जानकारी दिए ।



Comments