घण्टाघरबाट झरेर महिलाको मृत्यु, श्रीमानसहित चार प्रहरी नियन्त्रणमा



२ कार्तिक, सुनसरी।
सुनसरीको धरानस्थित घण्टाघरबाट झरेर आज अपरान्ह एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुने मोरङको कोशी-हरैचा ९ की २१ वर्षिया हेमन्ती मगर हुन् ।
दिउँसो साढे १२ बजेतिर घण्टाघरको उत्तरपट्टी करिब ५२ फिट उचाईबाट झरेकी उनको टाउको फुटेर घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले मृतकका श्रीमान् २९ वर्षिय टोप बहादुर मगर र सो समयमा घण्टाघर चढेका कोशी हरैचा २ का १९ वर्षिय बिजय राई, मोरङ पथरी ४ का शुक्रराज लिम्बु र धनकुटा भिरगाउँ २ की सम्झना तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


Comments