होटलबाट तीनजना समातिए, लगत्तै छाडिए




१३ कार्तिक, दमक।
यौनजन्य कृयाकलापमा संलग्न भएको भन्दै दुई युवतीसहित तीन जनालाई दमकको एक होटलबाट प्रहरीले पक्राउ गरेको छ । दमक-१३ को कन्काई होटल एण्ड लजबाट बुधबार दिउँसो प्रहरीले छापा मारी उनीहरुलाई समातेको हो । सो होटलमा युवती राखेर यौन गतिविधी सञ्चालन गर्दै आएको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारी एक युवासहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर समातिएका तीन जनालाई एक घण्टापछि इलाका प्रहरी कार्यालय परिसरबाट प्रहरीले छाडिदिएको थियो । डिएसपी रविकुमार पौडेलले यौनधन्दामा संलग्न नभएकाले उनीहरुलाई छाडिएको बताए ।
सो होटलमा लामो समयदेखि युवती राखेर खुलेमखुल्ला यौन गतिविधी सञ्चालन हुदै आएको स्थानीयहरुको गुनासो छ ।
दमक क्षेत्रका होटल, रेष्टुरेन्ट तथा लजहरुमा केहि समययता यस्ता यौनजन्य कृयाकलाप बढ्दै गएपनि प्रहरीको निष्कृयताले यस्ता धन्दा मौलाउँदै गएको स्थानीय बासिन्दाहरु बताँउछन् ।


Comments