कम्प्यूटर पसलमा लाखौंको चोरी


-->


३० असोज, दमक।
झापा दमकको एक कम्प्युटर पसलबाट लाखौं रुपैयाँको ल्यापटप चोरी भएको छ ।
दमक -१३ स्थित मुख्य चोकमा रहेको अनलाइन कम्प्युटर पसलको सटर तोडेर करिव २५ लाख रुपैयाँभन्दा बढीका ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ । पसलमा रहेका एप्पल, आइसर, डेल लगायतका विभिन्न ब्राण्डका कम्तीमा ४० वटा ल्यापटप चोरी भएको सञ्चालक सुरज धिमालले बताए।
लुटेराले पसलको पछाडि बाटो प्रयोग गरेर गएराति पसलमा लुटपाट गरेका थिए । ४, ५ जनाको समूहमा आएका लुटेराहरुले करिव राति १ बजेतिर लुटपाट गरेको बताइएको छ । लुटेराले पसलमा राखिएका सीसी क्यामेरा टिभीलाई निस्कृय पारेर चोरी गरेको र सो गिरोह चोरी गरेलगत्तै फरार भएका थिए ।

त्यस्तै, लुटेराले ल्यापटपसहित पसलमा रहेको नगद ७५ हजार १सय ४५ रुपैयाँसमेत चोरी गरेको सञ्चालक धिमालले बताए। घटनालगत्तै प्रहरीले खोजतलास शुरु गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक सन्तु जैसवालले बताए ।

(फोटो - अनलाइन कम्प्युटर पसलको फाइल फोटो)

-->

Comments