चुम्लुङद्वारा दुई सम्मानीत




३१ असोज, दमक।
किरात याक्थुङ चुम्लुङ दमक-१२ ले दुईजना लिम्बु अग्रजलाई सम्मान गरेको छ । चुम्लुङ वडा समितिको आज शुक्रवार सम्पन्न दशौं वडा बार्षिक साधारणसभाका अवसरमा अग्रजद्वय भीमसेन लाओती र सुकमाया तुम्रोकलाई सम्मान गरिएको हो ।
चुम्लुङलाई योगदान पुर्‍याएवापत उनीहरुलाई सम्मान गरिएको चुम्लुङका वडा अध्यक्ष टेकधन इजमले बताए ।
चुम्लुङका जिल्ला सदस्य डिबी सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो साधारणसभामा चुम्लुङ दमक नगर अध्यक्ष गुमान सिंह सम्बाहाम्फे लगायतकाले बोलेका थिए ।
सो साधारणसभाले चुम्लुङ वडा समितिको नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।


Comments