बेग्लाबेग्लै सवारी दुर्घटनामा दुईको मृत्यु




३ कार्तिक, दमक।
झापा र मोरङमा हिजो साँझ भएका सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
मोरङको केराबारी ९ मा साँझ सवा सवा ५ बजेतिर को २ त २५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक अपरिचितको ज्यान गएको हो ।
ट्याक्टरको ठक्करबाट हाल परिचय नखुलेका अन्दाजी ३६ वर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बेलबारी अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमर्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ भने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।
यता पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी ४ मा साँझ ६ बजेतिर मे ५ प २९४९ नम्बरको मोटरसाइकल भारतीय NL01L3255 नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक झापा शान्तिनगर ३ का ४० वर्षिय प्रेम धिमालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारकाक्रममा मेची अञ्चल अस्पतालमा मृत्यु भएको हो । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेको छ ।



Comments