पीएलओ भ्वाइस अफ पूर्वाञ्चलमा १२ जना छनौट




नरेन्द्र बस्नेत,
२७ असोज, मोरङ।
एरिना टेलिभिजनको आयोजनामा संचालन भैरहेको पीएलओ भ्वाइस अफ पूर्वाञ्चलको आइतबार सम्पन्न छैटौं चरणको अडिसनवाट उत्कृट १२ जना छनौटमा परेका छन् ।
इटहरीमा सम्पन्न उक्त प्रतियोगितामा १७ जनाबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धावाट छनौटमा पर्नेहरुमा सिर्जना प्रसाईं मोरङ, लोचन लिम्बु तेह्रथुम, अनुषा नेपाल सुनसरी, कुमार प्रधान धरान, बिपिन लिम्बु ताप्लेजुङ, सुजन शंकर पाँचथर, राजन बराइली मोरङ, सुनिता कटवाल सुनसरी, जुनु प्रसाईं ताप्लेजुङ, राजकुमार महर्जन हेटौडा, गोबिन्द लिम्बु धनकुटा र आशिष रणपहेली झापा रहेका छन् ।




सबै प्रतिष्पर्धामा उत्कृष्ट १० छान्ने प्रथालाई हटाएर यो प्रतियोगितावाट टेलिभिजनले उत्कृष्ट १२ छान्ने नयाँ अभियानको थलानी गरेको एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिए। कार्यक्रमको निर्णायकहरुमा गायक तथा संगीतकार बलराम समाल, युवा फिल्म निर्माता सुमन श्रेष्ठ र संगीतकार गणेश रिजाल रहेका थिए । यो चरणसँगै छनौटमा परेका १२ प्रतियोगिको स्वरमा एरिना टेलिभिजनले एउटा गीति एल्बम बजारमा ल्याउने टेलिभिजनका स्टेशन म्यानेजर प्रेम अधिकारीले जानकारी दिए। उत्कृष्ट १२ जना बीचमा अव एसएमएस भोटिङमार्फत प्रतिष्पर्धा गराइने आयोजकले जानकारी दिएको छ ।
पीएलओ लुब्रिकेन्सको मुख्य प्रायोजनमा भैरहेको कार्यक्रमको फाइनल भने माघमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले बजाज अटो सीटी इटहरीको तर्फबाट मोटरसाइकल पाउने छन् भने टेलिभिजनले म्यूजिक भिडियोसमेत तयार पारिदिनेछ ।
हरेक शनिबार र आइतबार राति ८ बजे एरिना टेलिभिजनले कार्यक्रमको प्रसारण गर्दै आएको छ ।

Comments