२८ असोज, बिर्तामोड।
विश्व हात धुने दिवसका अवसरमा जेसीज र एनसेलको संयुक्त आयोजनामा आज झापाको विर्तामोडस्थित अतिथि सदनदेखि मुक्ति चोकसम्म सरसफाई कार्यक्रमको सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रजिअ नेपालले साबुन पानीले हात धोएर र बढारेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा चर्चित अभिनेत्री निशा अधिकारी, बीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, एनसेलका रिजनल डेभलपमेन्ट युनिट हेड विनम श्रेष्ठले मन्तव्य राखेका थिए । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष एकराज गिरी, स्वागत कार्यक्रम संयोजक वीरबहादुर दर्नाल र आस्थावाचन यम विमलीले गरेका थिए । कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी, प्रहरी उपरीक्षक मुकुन्द आचार्य, सशस्त्र प्रहरी उपरीक्षक प्रेम पोखरेल, एनसेलका कर्पोरेट कम्यूनिकेशन डाइरेक्टर सञ्जु कोइराला, नेपाल जेसीजका कोषाध्यक्ष विनोद बस्नेत लगायतको आतिथ्य रहेको थियो ।
बिर्तामोड नगरपालिकासँगको समन्वयमा भएको कार्यक्रममा बिर्तामोडमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष लगायत संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । एनसेलद्वारा व्यवस्थापन गरिएको सरसफाई पोशाकलगाएर बिर्तामोड सरसफाई अभियानमा ५ सय भन्दा वढीको सहभागिता रहेको थियो । अभियानकै क्रममा इलाका प्रहरी कार्यालयको पर्खालमा क्षितिज ज्ञवाली र यालुङ साम्पाङले वातावरणीय चेतनामूलक 'म्युरल आर्ट पनि गरेका छन् ।
कार्यक्रमको व्यवस्थापन आइएम मिडिया प्रालिले गरेको हो । कार्यक्रम लगत्तै वीरता जेसीजलाई संस्थागत विकासका लागि एनसेलले एक सेट कम्प्युटर र प्रिन्टर प्रदान गरेको अध्यक्ष विशाल थापाले जानकारी दिए ।
Comments
Post a Comment