शान्तिराम र रमेश सुब्बाका हत्या आरोपी पक्राउ





३ असोज, काठमाण्डौ।
शरणार्थी अगुवाहरू शान्तिराम नेपाल र रमेश सुब्बालाई गोली प्रहार गरी हत्यापश्चात लामो समयदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शरणार्थी अगुवाहरू नेपाल र सुब्बाको हत्या अभियोगमा पक्राउ पर्ने भुटानी शरणार्थी विजय भनिने तुल बहादुर राई हुन् । ४४ वर्षीय राईलाई महानगरीय प्रहरी अपराध महाशाखाले थानकोटबाट पक्राउ गरेको थियो ।

महाशाखाका अनुसार उनले २०६६ बैशाखमा झापा बेलडाँगीका शान्तिराम नेपाललाई आफ्नै छाप्रोमा र २०६६ कै फागुनमा बेलडाँगी शरणार्थी शिविरमा बस्ने रमेश सुब्बालाई मेचीनगर ३ रमाइलो बस्ती नजिकै गोली हानेर हत्या गरेका थिए ।
अपराध महाशाखाले पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ ।




Comments