पथरी शनिश्चरेको व्यवस्थापन संजाल




३० भदौ, पथरी।
मोरङको नवघोषित पथरीशनिश्चरे नगरपालिकाको सुरक्षा, ट्राफिक व्यवस्थापन र वातारण संरक्षणको अभियानका लागि सामाजिक संघ संस्थाहरुको संजाल तयार भएको छ ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा गठित सुरक्षा व्यवस्थापन समितिले असोज ३ गते शान्ति सुरक्षा तथा वातावरण र सवारी दुर्घटनासम्बन्धी जनचेतनामुलक र्‍याली निकाल्ने तयारी गरेको छ । समितिको आजको बैठकले त्यसखाले निर्णय गरेको हो ।
विशेषत पथरी बजार क्षेत्रलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघ, जेसीज, प्रहरी, ट्राफिक प्रहरी, शिक्षण संस्था, पथरी बजार व्यवस्थापन समितिका अगुवाहरु सम्मिलित सञ्जाल सरहको समितिले निरन्तर गतिविधि गर्ने संयोजक तामाङले बताए।



Comments