दुर्घटना पिडितको आपत्ती






१२ असोज, उर्लाबारी। /
प्रशासन र प्रहरीको आडमा दुर्घटनामा गम्भीर घाइतेका आफ्ना बुवाको उपचार नै नगरी अस्पतालले डिस्चार्ज दिएको भन्दै मोरङ बयरवन-७ का छवि धिमालले सहयोगको लागि मिडिया र अधिकारकर्मीहरू गुहारेका छन् । आज विज्ञप्ति सार्वजनिक गर्दै उनले सहयोगको याचना गरेका हुन् ।




मोरङको कानेपोखरी रंगेली सडकको वरगाछी-रमाइलो खण्डमा सवारी चालक अनुमति पत्र समेत नभएका बयरवन ८ का हरि अधिकारीले गाडी सिक्ने क्रममा गत बुधवार वयरवन-७का जगदिश धिमाललाई गाडीले घिसारेर गम्भीर घाइते बनाएको थियो । को १ च ५८७३ नम्बरको नानो कारले सडक किनारमा हिँडिरहेका धिमाललाई ५० मिटर घिसारेर गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर अधिकारीका आफन्तले तत्काल प्रहरीमा शान्तिराम अधिकारीले सवारी साधन चलाउँदा असावधानी बस दुर्घटना भएको गलत सूचना दिई अधिकारीलाई भगाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, 'अस्पताल भर्ना भएको दिन न्यूरो डाक्टरहरूले ३० दिन अस्पतालमा उपचार गर्नु पर्ने सुझाएका थिए । हाल आएर डिस्चार्जको तयारी भइरहेको छ ।'
दुर्घटना भएलगत्तै आफूहरू बाबूलाई बचाउन अस्पताल लागेकोले कसले दुर्घटना गराएको भन्नेतिर आफूहरू नलागेको छवि धिमाल बताउँछन् । सुरुमा पीडक पक्षले प्रहरीसमक्ष उपचार गरिदिने भने पछिकानूनी उपचारका लागि कुनै उजुरी नगरेको छविले बताए। तर, एकाएक डिस्चार्जको कुरा आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यलय पथरीमा किटानी जाहेरी गरेको पिडितकी बुहारी विमला धिमालले बताइन् । आर्ट्स् ब्यवसायी धिमालले कमजोर आर्थिक अवस्थाका कारण आफ्नो परिवारलाई प्रहरी र अस्पतालले असहयोग गरेको गुनासो गरे।



Comments