बजार अनुगमनलाई तीव्रता





८ असोज, दमक।
दशैमा बजारलाई व्यवस्थित राख्ने उद्देश्यले जिल्ला बजार अनुगमन समिति झापाले बजारको अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाका मुख्य वजारहरुमा अनुगमन अधिकारीहरुले अहिले अनुगमनलाई तीव्रता दिएका हुन् ।
बजार व्यवस्थित गर्न यस्तो कार्यलाई नियमित रुपमा सञ्चालन गरिने जिल्ला बजार अनुगमन निरीक्षक गोपीप्रसाद घिमिरेले बताए।
यसैक्रममा जिल्लाका दमक, विर्तामोड, भद्रपुर लगायतका मुख्य बजारहरुमा टोलीले अनुगमन गरेको छ । त्यसक्रममा एउटा पनि पसलमा मूल्य सूची टाँस नगरेको पाइएको जनाइएको छ । बजार अनुगमनको क्रममा अनुगमन गरेका अधिकांश किराना पसलहरुमा उपभोग्य मिति सकिएका खाद्य सामग्री फेला परेको थियो ।




अनुगमन गरिएका कुनै पनि पसलहरुमा मूल्यसूची टाँस नगरिएको र उपभोग्य मिति सकिएका सामाग्रीहरु फेला परेको थियो । उपभोग्य मिति सकिएको सामाग्री जफत गरिएको र मूल्य सूची टाँस गर्न निर्देशन दिइएको निरीक्षक घिमिरेले बताए ।
यसैगरी टोलीले आज नै दमकका मासु पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा मासु बिक्रेताहरुले मासुको गुणस्तर व्यवस्थापनमा चासो नदिएको घिमिरेले जानकारी दिए। टोलीले मासु बिक्रेताहरुले मासु ऐन अनुसार मासुको कारोवार गर्न निर्देशन दिएका थिए ।
बजारमा यस्ता खाद्य सामाग्रीहरुको नियमित अनुगमन नगर्दा उपभोक्ताहरुले अस्वस्थ खाद्य बस्तु उयभोग गर्न बाध्य भएका स्थानीयहरुको गुनासो छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, उद्योग बाणिज्य संघ दमक, उपभोक्ता मञ्च झापा लगायतका सारेकारवाला निकायका प्रतिनिधिहरु सहितको टोलली यहाँको बजार अनुगमन गरेको हो ।







Comments