आत्महत्यामा झापा पहिलो, दोश्रोमा मोरङ

-->


SUICIDE HANGING
तेज बन विश्वासी,
३० भदौ, सुनसरी ।
सुन्दै आङ सिरिङ्ग हुने आत्महत्याका घटनाले पूर्व क्षेत्रमा बिकराल रुप लिन थालेको पाइएको छ ।
समाज र कानुनले समेत अपराध मान्दै आएको आत्महत्याका घटना पूर्वाञ्चल क्षेत्रमा प्रत्येक वर्ष बढ्दो रुपमा रहेका पाइएको हो ।
क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको तथ्याङ्क नुसार पूर्वमा गएको आर्थिक वर्ष २०७०/071मा १ हजार ३७ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै एक चौथाई बढि हो । अघिल्लो आर्थिक वर्ष 0६९/0७० मा पूर्व क्षेत्रमा ८ सय ६९ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।



-->



प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष आत्महत्याका सबैभन्दा बढी घटना झापामा भएको देखिएको छ, जस अनुसार झुन्डिएर १ सय ५०, विष सेवन गरेर ५१ जना हतियार प्रयोग गरी २ जना, डुबेर लगायत अन्य विविध तरीका अपनाएर गरी जम्मा २ सय २८ ले आत्महत्या गरेको तथ्याङ्कले जनाएको छ ।
त्यस्तै झापापछि दोश्रो मोरङ्गमा १ सय ७ जना झुन्डिएर, विष सेवनबाट ३९ जना, हतियार प्रयोग गरी १ जना गरी जम्मा १ सय ४७ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै सुनसरीमा झुन्डिएर ८८ जना, विष सेवन गरेर ३२ जना, आगो लगाएर १ जना, हतियार प्रयोग गरी १ जना, नदीमा हाम फालेर २ जना गरी १ सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।
प्रहरीले सार्वजनीक गरेको तथ्याङ्क अनुसार इलाममा ७६, पाँचथरमा ३१, ताप्लेजुङमा २०, संखुवासभामा ३५, सिरहामा ८३, सप्तरीमा ५६ उदयपुरमा ५६, खोटाङमा ४८ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै धनकुटामा २१, तेह्रथुममा १९, भोजपुरमा ३७, ओखलढुङ्गामा २६ जना र सोलुखुम्बुमा ३८ जनाले आत्मगरेको प्रहरीले सार्वजनीक गरेको तथ्याङ्कमा उल्लेख छ ।
आत्महत्या गर्नेहरुमा बढिजसो पारिवारीक तनाव, प्रेम असफल, चिताएको नपुग्नु, लागुऔषध दुर्ब्यवसन र सामाजिक अपमान मुख्य कारण रहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख डिआइजी नवराज सिलवालले बताए।

-->

Comments