भारतीय हात्तीको आतंक कायमै





१२ असोज, दमक।
भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीको एक समूहले स्थानीयवासीले लगाएको धानबाली नष्ट गरेको छ । आज विहान ३ बजेतिर बाहुनडाँगी ९ स्थित सारुगौरामा भारतीय जंगलबाट नेपाल प्रवेश गरेका १५-२० वटा हात्तीको समुहले स्थानीय किसानको धानबाली नष्ट गरेको हो ।
प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले सो हात्ती समूहलाई विहान पौने ४ बजेतिर पुनः जंगलतर्फ नै लखेटेका थिए । त्यस क्रममा ४ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्रै पनि बाहुनडाँगीमा भारतीय हात्तीको एक समूहले स्थानीय किसानको धानबाली नष्ट गरेको थियो ।




Comments