भूपेन्द्र जम्दैछन्, छायांकन, निर्देशन र अभिनय, तीनै विधामा

-->

पूर्वेली यूवा भुपेन्द्र तुम्बाहाम्फे पछिल्लो समय म्युजिक भिडियो छायाँकनमा ब्यस्त बन्दै गइरहेका छन्। कुनै समय म्यूजिक भिडियो निर्देशक बन्ने अठोट लिएका उनी हाल आएर एक सफल छायाँकारको रुपमा आफूलाई स्थापित गर्ने सोचका साथ अघि बढिरहेका छन् । विगत ३ वर्षदेखि पूर्वको लोकप्रिय टेलिभिजनको रुपमा स्थापित हिमशिखर टेलिभिजनमा छायाँकारका रुपमा कार्यरत उनी हाल त्यहाँका मुख्य क्यामरामेन हुन् ।
गत महिना मात्र १८ वटा गीतको सफल छायाँकन गरेका उनी कुनै पनि क्षेत्रमा संघर्ष गरे सफलता हात पार्न कठिन नहुने कुरा औंल्याउछन् । सुरुवाती दिनहरुमा केही कठिन भएतापनि हाल काममा आफू अभ्यस्त भएका कारण सहज भएको र घरपरिवारको उत्साहले काम गर्न अझ प्रेरणा मिलेको पनि उनी बताउँछन् ।

-->


टेलि श्रृङ्खला 'उफ यो संसार' को छायाँकन अनि दशैं पछिबाट छायाँकन हुने विग ब्यानरको सिनेमा 'जदउ' मा मुख्य भूमिकामा अनुबन्धित भएका उनी छायाँकनसँगै कलाकारीतामा पनि आफ्नो स्थान बनाउन चाहन्छन् । आफूलाई विषेशतः छायाँकारको नामले नै चिनाउन रुचाउने उनी छायाँकन र निर्देशन लाई प्रमुख प्राथमिकतामा राख्ने बताउँछन् । यसका अलवा उनले आफूलाई एक कलाकारका रुपमा पनि परिचित बनाउँदै गइरहेका छन्। हालसम्म उनले ११ वटा भिडियोमा मोडलिङ गरेका छन् भने २५ गीतको निर्देशन गरिसकेका छन् ।यस्तै १६० बटा गीतको छायाँकन उनले सफलतापूर्वक गरिसकेका छन् । नेपाली कलाकारहरुमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ आफूलाई मनपर्ने कलाकार रहेका उनी बताउँछन् । जीवनको दुई दशक पार गरिसकेका उनी हालसम्म अविवाहित छन् र अहिलेसम्म कसैको मायामा नपरेको कुरा बताउँछन् । एक मुटु बाट अर्को मुटु सम्मको कनेक्सनलाई प्रेमको रुपमा परिभाषीत गर्ने उनी सेक्सलाई भने स्वर्गीय आनन्द पाउने सरल माध्यमका रुपमा लिने गर्छन् ।

प्रस्तुती – किशोर श्रेष्ठ

-->

Comments