छोरी बलात्कार गरी कांग्रेस नेता फरार


-->


५ असोज, मोरङ।
आफ्नै छोरीलाई बलात्कार गर्ने गरेको आरोप लागेपछि कांग्रेस निकट ट्रेड युनियन कांग्रेस मोरङ अध्यक्ष गोपाल शर्मा दाहाल फरार भएका छन् ।
शर्माबिरूद्ध छोरी बलात्कार गर्ने गरेको उजुरी प्रहरीमा परेपछि उनी फरार भएका हुन् ।

विराटनगर–११ हाटखोला बस्ने शर्माले एक किशोरीलाई धर्मपुत्री बनाएर एक वर्षदेखि बलात्कार गरिरहेको खुलेको हो । उनले धम्की दिएर बलात्कार गर्ने गरेको किटानी उजुरी प्रहरीमा परेको छ । रामेछापबाट चार वर्ष पहिले घिमिरे थरकी एक अनाथ किशोरीलाई शर्माले छोरी बनाएर ल्याएका थिए ।

उनले ती किशोरीलाई छोरी बनाएर जन्म दर्तासमेत गराएका थिए । शर्माले उनलाई एक वर्षदेखि मुख मैथुन गर्न लगाउने र यौनसम्पर्कका लागि दवाव दिने गरेको उजुरीमा उल्लेख छ ।
फरार रहेका शर्माको खोजी व्यापक बनाइएको मोरङ प्रहरीले जनाएको छ ।

-->

Comments