गुरुकुलमा 'सन्नाटा'



५ असोज, उर्लाबारी ।
आरोहण गुरुकुल बिराटनगरको आयोजनामा बिराटनगरमा भइरहेको नाट्य महोत्सवमा 'सन्नाटा' नाटक प्रस्तुत हुने भएको छ । रबिन तिम्सिनाको लेखन तथा केशवराज भण्डारीको निर्देशन रहेको उक्त नाटकको रिहर्सल सकिएको छ । पाँचथरको पाँचथर संस्कृति बिकास तथा नाट्य मञ्चले गुरुकुलमा प्रस्तुत गर्न लागेको नाटकमा निर्देशक भण्डारी, बन्दना सिग्देल, सुमन कार्की, रन्जु थापा मगर, मिलन गहतराज, पुष्पलता अर्यालयको अभिनय रहेको छ ।
समाजमा विद्यमान समस्याको रुपमा रहेको महिला हिंसा तथा अपराधलाई नाटकमा उठान गरिनुको साथै यस्ता समस्याको नाटकमै निकास खोजिएको छ । हिजोबाट सुरु भएको नाट्य महोत्सव अन्तरगत सन्नाटाको असोज ८ गते मञ्चन हुने पालो रहेको छ । सन्नाटा सहित ७ वटा नाटकको मञ्चन हुने आरोहण गुरुकुलका कार्यक्रम संयोजक मिलन नेपालीले जानकारी दिए ।




Comments