फूटपाथमा तरकारी व्यापार नियन्त्रण भएन





१२ असोज, दमक।
दमकको मुख्य चोक, वजारहरुमा फूटपाथमा तरकारी पसल राख्ने क्रम बढेको छ । सडकको पेटी तथा भिडभाड हुने ठाउँहरुमा यसरी तरकारी व्यापार गर्ने साना व्यापारीहरु बढेपछि व्यवस्थित रूपमा तरकारी व्यवसाय गर्ने व्यापारीहरु प्रभावित हुन पुगेका छन् । सडक ओगटेर व्यापार गर्ने व्यापारीहरुले जथाभावी तरकारीको पसल राख्ने गरेका कारण यसले सडकमा जोखीम समेत बढाउँदै गएको छ । सडकमा पसल थाप्दा आवतजावतमा समेत कठिनाई हुन पुगेको छ ।





नगरमा तरकारी वजार व्यवस्थित गर्न व्यवसायी तथा नगरपालिकाको अगुवाईमा चोक र बजारका दुई स्थानमा तरकारी वजार सञ्चालन हुँदै आएपनि पछिल्ला दिनहरुमा फूटपाथमा समेत तरकारीको व्यापार गर्ने बृद्धि भएका छन् । नगरपालिकाले चासो नदिँदा यसरी व्यापार गर्नेहरू बढेको र व्यवस्थित पसल सञ्चालन गर्ने व्यापारीहरु मारमा परेको गुनासो व्यापारीहरुकै छ । जथाभावी राखिएका तरकारी व्यापार नियन्त्रण नहुँदा आफ्नो व्यापार प्रभावित भएको व्यवस्थित व्यवसायीहरूको गुनासो छ । दमकको चोकमा नयाँ वजार सामूहिक रुपमा सञ्चालन गर्दै आएका व्यापारी कृष्ण खनाल जथाभावी तरकारी पसल थाप्ने कार्य नियन्त्रण हुनुपर्ने बताउँछन् । सो सव्जी वजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका खनालले भने, 'व्यवस्थित सव्जी बजार नहुँदा हामी मारमा छौं, यसबारे नगरपालिका गम्भीर छैन।' समितिले चोकमा सव्जी वजार व्यवस्थित बनाउन आफूहरुले पहल गरेको भएपनि नगरपालिकाले यसलाई चासो नदिएको गुनासो खनालको थियो । उनले पटकपटक चोकका सडकपिच्छे साँझपख थपिँदै आएका सव्जी बजार व्यवस्थित गर्न लिखित रुपमा गुनासो राखेता पनि त्यसप्रति कुनै काम हुन नसकेको बताए।




Comments