बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु




गौरव पोखरेल,
४ असोज्, सुरूङ्गा।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नदीको पुलमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज साँझ साढे ६ बजेतिर सतासीधाम ८ स्थित कन्काई पुलमा दमकबाट विर्तामोडतर्फ जाँदै गरेको बा ३ ख ९७९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको को १७ प १८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक १० का ४२ बर्षीय मिलन आङदाम्बेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक आङ्दाम्बे झापाको विर्तामोडमा संघीय लिम्बुवान पार्टीको एकता भेलामा सहभागी भएर आफ्नो घरतर्फ फर्कने क्रममा दुर्घटनामा परेका प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमर्टमका लागि पठाइएको र ठक्कर दिने बस र बस चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन् ।



Comments