मेचीले दियो ज्येष्ठ सदस्यहरुलाई भत्ता





९ असोज, दमक।
मेची सहकारी संस्था दमकले आफ्ना ज्येष्ठ सदस्यहरुलाई भत्ता बितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी ७० वर्षमाथिका २० जना ज्येष्ठ सदस्यहरुलाई भत्ता बितरण गरेको हो । संस्थाले प्रतिब्यक्ति बार्षिक ८ सय रुपैयाँका दरले भत्ता बितरण गरेको छ ।
भत्ता पाउनेमध्ये सबैभन्दा ज्येष्ठ दमक- १४ का मणिराज भट्टराईलाई भत्ता प्रदान गरी संस्थाका अध्यक्ष रोमनाथ ओलीले बितरणको कार्यक्रम शुरु गरेका थिए ।
गत बर्ष संस्थाले १३ जना जेष्ठ सदस्यहरूलाई भत्ता बितरण गरेको थियो ।
मेची सहकारीले यो अभियान ३ वर्षअघिबाट शुरु गरेको ब्यवस्थापक खोम प्रसाद बगालले बताए। जिल्लामा सहकारीले आफ्ना ज्येष्ठ शेयर सदस्यहरुलाई बार्षिक रुपमा यसरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको यो पहिलो संस्था बन्न पुगेको छ ।
भत्ता बितरण पछिको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ओलीले ज्येष्ठ सदस्यहरु हाम्रा अभिभावक भएकाले उनीहरूलाई सम्मान र प्रोत्साहन गर्नु सबैको दायित्व भएको बताएका थिए ।
कार्यक्रममा संस्थाकै ६० वर्षमाथिका ज्येष्ठ सदस्यहरु १ सय जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई अर्जुनधाराको जलेश्वरधाम, सुखानीको शहिदहरुको सालवाडी बन र सुरङ्गाको जामुनखाडी पर्यटकीय क्षेत्रको भ्रमण गराइएको संस्थाका सचिव नारायण भट्टराईले बताए।



Comments