पानी बोक्ने गाडीमा तस्करीका सामान




१४ असोज, मोरङ।
मोरङको विराटनगरमा पानी बोक्ने गाडीमा तस्करी गरी ल्याइएका अवैध सामानहरू प्रहरीले फेला पारी बरामद गरेको छ ।
बिराटनगर २२ मटेरूवाबाट अस्थायी प्रहरी पोष्ट मटेरुवाको चेकिङ्ग टोलीले आज अपरान्ह १२ बजे को १ च ५६५४ नं. को निर्मल जल बोक्ने महिन्द्रा बोलेरो पिक अप गाडीमा अवैध रूपमा लुकाइछिपाई ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको हो ।
सो गाडीबाट १० हजार रूपैयाँ मूल्य बराबरको रजनीगन्धा, नटबल्टु काँटी, सुर्ती, ग्यासचुल्हो, रेगुलेटर, तोरीको तेल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सामानसहित बोलेरो चालक बिराटनगर ११ बस्ने २१ वर्षीय बिरबल साह सहित १६ वर्षीय भक्त राई र २१ बर्षीय संजय मुखियालाई समेत नियन्त्रणमा लिएको छ ।
बरामद सामान, मानिस, र गाडीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।




Comments