पत्रकार बस्नेत कार्यक्रम निर्देशक बने

२६ भदौ, सुनसरी । मोरङका सक्रिय पत्रकार नरेन्द्र बस्नेत सुनसरीको इटहरीबाट प्रसारण भइरहेको एरिना टेलिभिजनको कार्यक्रम निर्देशकका रुपमा चयन भएका छन् । मोरङको बेलबारीबाट प्रसारण भइरहेको रेडियो बेतना ९७.१ मेगाहर्जमा २ बर्ष स्टेशन म्यानेजर रहेका बस्नेतले एक साताअघि रेडियोको ब्यबस्थापनले काम गर्न नदिएको भन्दै रेडियोबाट राजीनामा दिएका थिए । बिभिन्न पत्रपत्रिका र अनलाइनमा क्रियाशिल पत्रकार बस्नेतले कार्यक्रम निर्देशकका रुपमा मंगलबार बाट काम शुरु गरेका छन् ।

Comments