'बुट्टे जामा'लाई फ्युचर अवार्ड



दमक।
ताजपुरिया बालिकाको बुट्टे जामा लगाउने सपनामा आधारित चलचित्र बुट्टे जामाले फ्युचर अफ दि नेपाली सिनेमा अवार्ड जितेको छ । ताजपुरिया बालिकाले नयाँ जामा लगाउने देख्ने गरेको सपनालाई प्रस्तुत गरिएको सो चलचित्र ओस्कर कलेजकी विद्यार्थी कला संग्रौलाले निर्देशन गरेकी हुन् ।
झापाको लखनपुर स्थायी घर भएकी निर्देशक संग्रौलाले प्रोत्साहनस्वरूप २५ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् ।






अवार्ड प्राप्त भएपछि छोटो मन्त्यव्य राख्दै उनले पुरस्कारले उर्जा मिलेको बताइन् । उनले भनिन्, 'पुरस्कारले काम गर्न उर्जा थपेको छ, यसले बाटो देखाएको छ, अव रोकिन्नँ।'
आइतबार सकिएको एकादेशमा फिल्म महोत्सवमा २७ देशका ६९ वटा छोटा चलचित्र प्रदर्शन गरिएको थियो ।



Comments