'लैंगिकताको विषयमा संवेदनशील भए द्वन्द घट्छ'




७ असोज, बिर्तामोड।
समाजमा उत्पन्न हुने हरेक द्वन्द्वलाई लैंगिकताको दृष्टिकोणले संवेदनशील भएर हेर्नु पर्ने कुरामा आज मंगलवार बिर्तामोडमा आयोजित एक कार्यशालाका सहभागीले जोड दिएका छन् ।
विभेदबाट द्वन्द्व जन्मिने चर्चा गर्दै उनीहरुले द्वन्द्व न्यूनीकरणका लागि लैंगिकताको विषयमा संवेदनशील हुनुपर्ने बताइएको हो । संवाद समूहको सचिवालयको आयोजनामा भएको लैंगिकता सीप कार्यशालाका सहभागी झापाका महिला नेतृ एवम् राजनीतिक दलका प्रतिनिधि एवम् सामाजिक अगुवाहरुले लैंगिक समानता र सामाजिक न्यायको क्षेत्रमा अभियान सञ्चालन गर्नुपर्ने समेत बताए ।





केन्द्रीय संवाद टिमकी सजना महर्जन, सृजना क्षेत्री र महिला कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यशालाको सहजीकरण गरेका थिए । कार्यशालामा स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, उपाध्यक्ष तारामणि सापकोटा, नेपाली कांग्रेसका भगीरथ पोद्दार, नेकपा एमालेका प्रेम प्रकाश सिटौला, एकीकृत माओवादीकी सरु न्यौपाने, सीपी कडरिया, नेकपा मालेका सचिव नवराज खरेल, फोरम नेपालकी कोषाध्यक्ष संगीता रौनियार, नेकपा-माओवादीका नरेश सञ्जेल, राप्रपा नेपालका उपाध्यक्ष कमल खरेल, कोचिला संघर्ष समितिका सचिव सन्तोष राजवंशी, पूर्ञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले द्वन्द्व न्यूनीकरणका लागि लैंगिकताको विषयलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।
संघीय लिम्बुवान पार्टी नेपालका टेकबहादुर खजुम, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष छत्र पौडेल, महिला नेतृ तथा अधिरकारकर्मीहरु शारदा रिजाल, शिला ढकाल, मञ्जु पोखरेल, गीता खरेल, द्रौपदी गणेश, कोपिला बस्नेत, सीता बस्नेत, माया गुरुङ, रीता निरौला, सावित्रा दाहाल, विष्णुकुमारी तिम्सिना लगायतले लैंगिक रुपमा महिलामाथिको विभेद अहिले पनि विद्यमान रहेको बताएका थिए ।
संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यशालाको सञ्चालन सहजकर्ता खगेन्द्र खरेलले गरेका थिए ।






Comments