चौकीदारलाई सुरक्षा सामग्री प्रदान





१२ असोज, सुरुङ्गा।
सुरुङ्गा बजार क्षेत्रमा हुने चोरी डकैती रोक्न बजारको सुरक्षार्थ खटिएका रात्रीकालिन चौकीदारहरुलाई ड्रेस, लाठी, खुकुरी र टर्च लाइट प्रदान गरिएको छ ।
आइतबार कनकाई उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच सुरुङ्गा बजार क्षेत्रमा खटिने ५ जना रात्रीकालिन चौकीदारहरु यामप्रसाद सुवेदी, भक्तबहादुर पौडेल, देवेन्द्र मिश्र, कमल लिम्बु र हरिप्रसाद शिवाकोटीलाई ती सामग्रीसहित दशैं खर्चवापत एक महिनाको तलव प्रदान गरिएको हो ।




रात्रीकालिन गस्ती टोलीका संयोजक एवम् उद्योग वाणिज्य संघका सदस्य डिपी गौतम, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौलाले
चौकीदारलाई दशैं खर्च र ती सामग्री प्रदान गरेको दशैं भत्ता स्वरुप १ महिनाको तलब सहित उक्त गस्ती सामग्री प्रदान गरेको संघका अध्यक्ष संग्रौलाले जानकारी दिए ।
१० वर्षअघिदेखि उद्योग वाणिज्य संघको पहलमा खटिएका चौकीदारहरुले सुरुङ्गा बजार क्षेत्रका ५ सय बढी पसलको पहरेदारी गर्दै आएका छन् ।

ती सामग्रीले आफुहरुलाई ड्युटीका लागि प्रोत्साहन र मद्दत मिलेको रात्रीकालिन चौकीदारका प्रमुख यामप्रसाद सुवेदीले बताए । यसै वर्षबाट चौकीदारीमा खटिने उनीहरूलाई व्यवस्थित सम्झौतापत्र समेत गरिएको प्रदान गरिएको संघका अध्यक्ष संग्रौलाले बताए ।




Comments